आइपिएलमा सट्टाबाजी गरेको आरोपमा सात पक्राउ-Sutra News

आइपिएलमा सट्टाबाजी गरेको आरोपमा सात पक्राउ

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- प्रहरीले कालीमाटीबाट इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टाबाजी गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ।



पक्राउ पर्नेमा भारत घर भएका कुलदिप शारण, सन्जिव शारण, ३८ वर्षीय अजय गौतम, ४६ वर्षीय नविन जैन, प्रदिप घिमिरे, काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा र काठमाडौं महानगर–१३ सोल्टिमोड वस्ने ५५ वर्षीय अनिल कुमार बमसल रहेका छन्।

कुलदिप शारणले आइपिएल क्रिकेटमा सट्टाबाजी गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त कार्यमा संलग्न अन्य ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कुलदिप शारण कमलपोखरीस्थित होटल कोनार्क इनको कोठा नं. १०५ मा बस्ने गरेको पाइएको छ।

प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरुको साथबाट २ वटा सवारी साधन र १ लाख ८५ हजार १२० नेरु बरामद भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट