कर्णाली प्रदेशका मुख्यमन्त्रीद्वारा प्रमुख सचेतक गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाइयो-Sutra News

कर्णाली प्रदेशका मुख्यमन्त्रीद्वारा प्रमुख सचेतक गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाइयो

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- कर्णाली प्रदेशका सभामा नेकपा संसदीय दलका प्रुमख सचेतक गुलावजंग शाह जिम्मेवारीमुक्त गरिएको छ। मुख्यमन्त्री एवम् प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन्।



शाहसहितका १८ सांसदले आफूविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेको भोलिपल्ट यस्तो कारबाही गरेका हुन्। शाहलाई हटाउन लेखिएको पत्रमा कामकारवाही सन्तोषजनक नभएकोले प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको उल्लेख छ।

प्रमुख सचेतकको जिम्मेवारी हाल सचेतक रहेकी प्रदेशसभा सदस्य सिता कुमारी नेपालीलाई दिएका छन्। 

karnali state1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट