मुख्यमन्त्रीविरूद्ध प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्छ : भिम रावल-Sutra News

मुख्यमन्त्रीविरूद्ध प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्छ : भिम रावल

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराउनु अनिष्टको संकेत हुनसक्ने बताएका छन्।



स्थायी समितिले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने गरेको निर्णय कार्यान्वयन नहुँदै अविश्वासको प्रस्ताव दर्ता भएकोप्रति नेतृत्वको गम्भीर ध्यान जानुपर्ने उल्लेख गरेका छन्।

‘नेकपा,स्थायी समितिले विधि र पद्धतिमा जोड दिदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो।निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्छ,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘समयमै नेतृत्वको गम्भीर ध्यान जाओस्। देशहित ठूलो हो।’

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। सोमबार नेकपा प्रदेश संसदीय दलको बैठक मुख्यमन्त्री शाहीसँगको परामर्शबिनै बोलाइएको छ।

आफूसँग परामर्श नगरि बैठक राख्ने प्रमुख सचेतक गुलावजंग शाहलाई मुख्यमन्त्री शाहीले पदमुक्त गरेका छन् । शाहको ठाउँमा सचेतक सिता नेपालीलाई नियुक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट