अन्तर्राष्ट्रिय सीमा कात्तिक मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय-Sutra News

अन्तर्राष्ट्रिय सीमा कात्तिक मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- सरकारले थप एक महिना अन्तर्राष्ट्रिय सीमा नखोल्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारी दिनानुदिन बढ्न थालेपछि थप एक महिना सीमा बन्द गर्ने निर्णय गरेको हो।



यसअघि नेपालसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट