लिबियाबाट अपहरणमा परेका सात भारतीय अपहरणमुक्त-Sutra News

लिबियाबाट अपहरणमा परेका सात भारतीय अपहरणमुक्त

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

एजेन्सी- लिबियाबाट अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरण मुक्त भएका छन्। ट्युनिसियाका लागि भारतीय राजदूतका अनुसार अपहरणमा परेका सात जना भारतीय नागरिकलाई आइतबार अपहरणकारीले मुक्त गरेका हुन्।



उनीहरु लिबियाको आसेरिफ भन्ने ठाउँबाट गत सेप्टेम्बरको १४ तारिखमा अपहरणमा परेका थिए। उनीहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक रहेका पनि उनले बताए। भारतले गत बिहीबार मात्र आफ्ना नागरिकहरु अपहरणमा परेका जनाएको थियो । त्यसपछि ट्युनिसियामा रहेको भारतीय दूताबासले उनीहरुको खोजी शुरु गरेको थियो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना नागरिकहरु लिबियामा अपहरणमा परेका र उनीहरुको खोजी कार्य जारी रहेको जानकारी गएको बिहीबार मात्र दिएको थियो। लिबियामा भारतको राजदूताबास नरहेकोले ट्युनिसियामा रहेको दूताबासबाट उनीहरुको बारेमा खोजी थालिएको थियो।

भारत सरकारले लिबिया सरकार र अरु पनि अधिकारवादी संघसंस्थाहरुलाई आफ्ना नागरिकको खोजी गरि दिन आग्रह गरेको थियो। पछि अपहरणकारीहरुले नै भारतीय नागरिक आफ्नो सम्पर्कमा रहेका र उनीहरु सकुशल रहेका भनी तस्वीर सार्वजनिक गरेका थिए।

त्यसलगत्तै उनीहरुले ती भारतीयलाई अपहरणमुक्त गरिदिएका बताइएको छ। अपहरणको कारण र उनीहरुलाई के कसरी रिहा गरियो भन्ने बारेमा भने केही पनि बताइएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट