रसिदबिना सिलिन्डर नलिनू: ग्यास उत्पादक संघ-Sutra News

रसिदबिना सिलिन्डर नलिनू: ग्यास उत्पादक संघ

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

काठमाडौं- ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो।



यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने विभागले संघले जनाएको छ।

नयाँ सिलिन्डरको उपभोक्ता धरौटी मूल्य दुई हजार एक सय रुपैयाँ कायम गरिएको र रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने पनि संघले जनाएको छ।

यसअघि भरी सिलिन्डर ग्यासको मूल्य जथाभावी लिने गरिएको गुनासोपछि संघले खाली सिलिन्डरको धरौटी दुई हजार एक सय र नेपाल आयल निगमले तोकेको ग्यासको मूल्य थप जोडेर मात्रै ग्यास बिक्री वितण गर्ने निर्णय गरेको थियो।

यसअघि नै सिलिन्डर लिई सकेका उपभोक्ताले भने आफूले ग्यास किनिरहेको डिलरमा गएर रसिद लिन सक्ने संघका अध्यक्ष गोकुल भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट