चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि-Sutra News

चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

चितवन- चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको २५२ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो।



संक्रमितमध्ये ३२ जना चितवनका हुन् भने बाँकी २ जना सर्लाही र नवलपरासीका पुरूष छन्। संक्रमित हुनेहरू १५ वर्षीय किशोरदेखि ६६ वर्षका पुरूषसम्म छन्।

भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका १९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ।

यस्तै माडी कि १ महिला, खैरहनीका १ पुरूष, रत्ननगरका २ पुरूष र इच्छाकामनाका १ पुरूषमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट