काठमाडौं- बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले मुलुकभरको मौसममा आंशिक बदली भएको छ।
उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम उत्तर पश्चिमी दिशातर्फ सर्दा मौसममा बदली भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही भू–भागमा हल्का वर्षाको सम्भावना छ । अन्यत्र भने मौसम सफा रहने जनाइएको छ।