विश्वभर ३ करोड ८० लाखमा कोरोना संक्रमण, १० लाख ८५ हजारको मृत्यु-Sutra News

विश्वभर ३ करोड ८० लाखमा कोरोना संक्रमण, १० लाख ८५ हजारको मृत्यु

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

काठमाडौं- विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन्। योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुगेको छ।



संक्रमितमध्ये २ करोड ८५ लाख ९६ हजारभन्दा बढी निको भएका छन्। पछिल्लो २४ घण्टामा २ लाख ४९ हजार ७८९ जना संक्रमण मुक्त भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ७५६ जनाको मृत्यु भएको छ। योसँगै मंगलबार बिहानसम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ८५ हजार १५१ पुगेको छ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८० लाख ३७ हजार पुगेको छ। दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७१ लाख ७३ हजारमा संक्रमण पुष्टि भएको छ। यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ३ हजार पुगेको छ। ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३१ हजार ८२३ जनाको मृत्यु भएको छ। ६१ लाख ४७ हजार २३१ जना संक्रमित भएकोमा ३० लाख ४३ हजार ८९९ जना संक्रमणमुक्त भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट