डोटी- उच्च अदातल दिपायलले एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ।
अदालतमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलवारदेखि लागू हुनेगरी आन्तरिक प्रशासनिकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको अदालतका निमित्त रजिष्ट्रार सीता रेग्मीले जानकारी दिइन्।
रेग्मीले अदालतका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको र अरुलाई नहोस् भनेर अदालतका आन्तरिक प्रशासनिक काम बाहेकका अन्य काम कारवाही एक साताका लागि बन्द गरिएको बताए।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार अदालतमा कार्यरत सबै कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पठाइएको पनि उनले जानकारी दिइन्।