दक्षिण कोरियामा अध्ययनरत ११ नेपाली विद्यार्थीलाई कोरोना-Sutra News

दक्षिण कोरियामा अध्ययनरत ११ नेपाली विद्यार्थीलाई कोरोना

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

काठमाडौं- दक्षिण कोरिया पुगेका ११ नेपाली विद्यार्थीलाई कोरोना संक्रमण देखिएको छ। दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) शनिबार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।



राजधानी सोल नजिकैको गोयाङ सहरमा कोरियाली भाषा अध्ययनका लागि आएका ४३ जना नेपाली विद्यार्थीमध्ये ११ जनामा संक्रमण देखिएको केसीडीसी प्रष्ट्याएको छ।

कोरिया प्रवेश गर्नुअघि इन्छन विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा एक जनालाई कोरोनाको लक्षण देखिएको थियो । त्यसैका आधारमा सँगै आएका अन्यको पनि परीक्षण गर्दा ११ जनामा संक्रमण फेला परेको हो।

संक्रमित बिरामीको आन्सानको अस्पतालमा उपचार भइरहेको छ। एक महिनाअघि दक्षिण कोरियाली सरकारले बाह्य मुलुकबाट संक्रमित भएर आए आफैंले अस्पताल खर्च बेहोर्नुपर्ने नियम बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट