सरकारलाई फुटबल कप्तानको खुलापत्र- खेलाडी सधैं काठमाडौंको धुलोमा, तपाईंहरूचाहिँ चिल्लो गाडीमा ?-Sutra News

सरकारलाई फुटबल कप्तानको खुलापत्र- खेलाडी सधैं काठमाडौंको धुलोमा, तपाईंहरूचाहिँ चिल्लो गाडीमा ?

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

लामो समयदेखि नेपाली फुटबल ठप्प भएको र यसलाई चाँडो सुचारु गरि खेलाडीहरुमाथि राहत महसुस गराउन भन्दै नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले सरकारको नाममा खुला पत्र लेखेका छन्। सामाजिक संजाल फेसबुकमा उनले लेखेको खुला पत्र यस्तो रहेको छ:



सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेको खुल्ला पत्र यस्तो रहेको छः आदरणीय राष्ट्रिय खेलकुद परिषद् तथा सम्माननियसरकार ज्यूलाई मेरो सानो खुला पत्र लेख्न चाहन्छु। म नेपाली राष्ट्रिय टोलीको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई फुटबल मात्रै नभई सम्पुर्ण खेलकुद क्षेत्र मापदण्ड पूरा गरि पूर्ण सुचारु गर्न अनुरोध गर्दछु।

किन एक्कान दुकान गर्दै हुनुहुन्छ? के खेलाडी सधैं मर्म मै पार्ने र मर्ने हो भने तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ भयो र? खेलाडीचाहिँ सधैं काठमाडौंको धुलोमा, तपाईंहरुचाहिँ चिल्लो गाडीमा?

नेपाली खेलकुद मन्त्रालय र नेपाली खेलकुद परिषद्का मान्यज्यू र सम्माननिय, आदरणीय नेपाल सरकार ज्यूले सायद बिर्सनु भयो होला, देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको छ। तर, यतिका महिना खेलकुद र खेलाडी कुन दुर्दशामा छ भन्ने विषय अलिकति पनि चासोको विषय नबनेको देखदा फूटबलमा भबिस्य खोज्ने भाइबहिनीहरुमा कतिको असर परेको छ भने कुरा खुलस्त रुपमा देख्न सकिन्छ। सम्पूर्ण देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भएन।

खेलाडीका लागि मात्र होइन खेलकुद लागि पनि बोलिदिने मान्छे भएन।सबै देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलमैदानको लागि दुःखद घडीमा बनाएको रंगशालामा फिल्मको सुटिङ रम्युजिक भिडियोको लागि प्रवेश खुल्ला हुने तर फुटबल खेल्नचाँही किन नहुने? फूटबलले देशका लागि त्यति ठूलो असर पार्छ र?

त्यसैले अबका दिनमा सम्पुर्ण खेलमैदानमा खेल सुचारु गरिदिन हुन अनुरोध गर्दछु। आखिर कहिलेसम्म नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने हामीले? नेपाली फूटबलको विकासका लागि कसैले केही गरिरहेको देखिन्न। फूटबल खेलाडीले खेल्न बिर्सी सके सरकार, फुटबल राजनीति जस्तो होइन बोलेर मख्ख पर्न।

फुटबल हात खुट्टाले दिमाग लगाएर खेल्ने गरिन्छ। चिल्ला गाडिमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न।दुइ खुट्टा चलाएर घर परिवार हेर्नूपर्ने हुन्छ हामीले। ७ महिना देखि बेरोजगार भएका खेलाडीको क्षतिपुर्ति कसले दिन्छ? जुन खेलाडी खेलेर नै जिविको चलाउथ्यो, ऊ त आजभोलि खेलमैदान छोडेर विदेश पो जाँदै छ त! लाज हुने कुरा होइन यो खेलाडी, खेलकुद र राज्यको मान्यज्यू। जय देश, जय देश, जय नेपाली फुटबल।

kiran chemjong final.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट