अविश्वास प्रस्ताव असफल पार्न नेपाल समूहको साथ, तीन जनालाई राखेर मन्त्रिमण्डल पुनर्गठनको तयारी-Sutra News

अविश्वास प्रस्ताव असफल पार्न नेपाल समूहको साथ, तीन जनालाई राखेर मन्त्रिमण्डल पुनर्गठनको तयारी

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव असफल पार्न नेता माधवकुमार नेपाल समूहले साथ दिने भएको छ।



नेता नेपालले केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीलाई सुर्खेत पठाएर आफू पक्षधर हस्ताक्षरकर्ता ७ जना सांसदलाई सम्झाएपछि उनीहरु पछि हटेका हुन्।

यसँगै मुख्यमन्त्री शाही नेपाल समूहका सांसदलाई मन्त्री बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्न तयार भएका छन्। त्यसका लागि नेपाल समूहले आफ्ना तीनजना नेताहरूको नाम पठाएको छ।

मुगु-२ बाट विजयी चन्द्रबहादुर शाही, जाजरकोट-२ बाट विजयी करविर शाही र दैलेख-२ बाट विजयी अमरबहादुर थापाको नाम नेपाल समूहले मन्त्रीका लागि पठाएको हो।

आइतबार नेकपाका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा हस्ताक्षर बुझाएका थिए। जसमा ३ जना पूर्वमाओवादी समूह र ७ जना नेपाल समूहका थिए।

केन्द्रमा पनि नेताहरु प्रस्तावविरुद्ध रहेको र नेपाल समूह पनि बाहिरिएपछि अविश्वास प्रस्ताव त्यतिकै तुहिने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट