नेपाल पक्षका शाही नेकपा कर्णाली प्रदेशको सचेतक नियुक्त-Sutra News

नेपाल पक्षका शाही नेकपा कर्णाली प्रदेशको सचेतक नियुक्त

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा कर्णाली संसदीय दलको सचेतकमा कुर्मराज शाहीलाई नियुक्त गरेका छन्।



आफूविरुद्धको अविस्वास प्रस्ताव असफल पार्न नेता माधवकुमार नेपाल समूहले साथ दिने भपछि उनलाई शाहीले मंगलबार सचेतकमा नियुक्त गरेका हुन्।

यसअघि प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरेर शाहीले सचेतक रहेकी सीता नेपालीलाई मुख्य सचेतक बनाएका थिए।

नेता नेपालले केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीलाई सुर्खेत पठाएर आफू पक्षधर हस्ताक्षरकर्ता ७ जना सांसदलाई सम्झाएपछि नेपाल समूहका सांसदहरु अविस्वास प्रस्तावबाट पछि हटेका हुन्।

यसँगै मुख्यमन्त्री शाही नेपाल समूहका सांसदलाई मन्त्री बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्न तयार भएका छन्। त्यसका लागि नेपाल समूहले आफ्ना तीनजना नेताहरूको नाम पठाएको छ।

मुगु-२ बाट विजयी चन्द्रबहादुर शाही, जाजरकोट-२ बाट विजयी करविर शाही र दैलेख-२ बाट विजयी अमरबहादुर थापाको नाम नेपाल समूहले मन्त्रीका लागि पठाएको हो।

आइतबार नेकपाका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा हस्ताक्षर बुझाएका थिए। जसमा ३ जना पूर्वमाओवादी समूह र ७ जना नेपाल समूहका थिए। 

niyukti1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट