लोक सेवाको परीक्षा रोक्न माग गर्दै विद्यार्थीले गुहारे संसदीय समिति-Sutra News

लोक सेवाको परीक्षा रोक्न माग गर्दै विद्यार्थीले गुहारे संसदीय समिति

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

काठमाडौं- कोरोना महामारीबीच पनि लोक सेवा आयोगले विभिन्न पदका लागि सञ्चालन गर्न लागेको परीक्षा रोक्नुपर्ने भन्दै विद्यार्थीहरुले संसदीय समितिलाई गुहारेका छन्।



मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्यवस्था तथा सुशासन समितिमा एक निवदेन लेखेर उनीहरुले अहिलेको अवस्थामा परीक्षा संचान गर्नु उपयुक्त नहुने तर्क गरेका छन्।

के छ विद्यार्थीको भनाइ ?

कोभिड-१९ को संक्रमण दर काठमाडौं उपत्यका र देशभर तीब्र रुपमा बढीरहेको भन्दै हाललाई पर्ख र हेरको स्थितिमा रहनुपर्ने उनीहरुले बताएका छन्। त्यसका आयोग पदाधिकारीलाई बोलाइ छलफल गरेर उपयुक्त निर्देशन दिन उनीहरुले माग गरेका छन्।

उनीहरुले परीक्षा सञ्चालन हुन नसक्नुका यस्ता कारण दिएका छन्ः

–कोभिड–१९ को संक्रमण दर तीब्र बनेको र काठमाडौं उपत्यका ‘हटस्पट’ बन्नु

–दसैं तिहार, छठ लगायतका ठूला पर्वकाबीच परीक्षा संचालन गर्दा परीक्षार्थीको आवतजावत लगायत व्यवहारिक कारणले उपयुक्त नभएको

–संक्रमण बढेसँगै धेरैजासो परीक्षार्थी समेत संक्रमित, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेनस र क्वारेन्टिनमा रहनु परेकाले परीक्षामा सहभागि हुनुबाट बञ्चित हुनु मौलिक हकविरुद्ध हुन जाने भएकाले

–र, लोकसेवा आयोगले जारी गरेको ‘संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७’ अस्पष्ट रहेकाले

के छ आयोगको परीक्षा सञ्चालनसम्बन्धी मापदण्डमा ?

हालै विभिन्न परीक्षका संसोधित कार्यतालिका जारी गरेको आयोगले १२ असोजमा संक्रमणका बेला परीक्षा संचालन तथा व्यवस्थापन सम्बन्धी मादण्ड जारी गरेको थियो।

जसमा, एकसय जना परीक्षार्थीकोलागि एक परीक्षा केन्द्र कायम गर्ने ।

–एउटा परीक्षा हलः कोठामा बढीमा पच्चिस जना परीक्षार्थी रहने गरी व्यवस्थापन गरिने ।

–परीक्षार्थीहरुलाई अनिवार्यरूपमा मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न

भौतिक दूरी कायम गर्न लगाउने ।

–एउटा बेन्चमा एक जना मात्र परीक्षार्थी राख्ने । एक परीक्षार्थी र अर्को

परीक्षार्थीका बीच दुई मिटर दूरी रहनेगरी परीक्षार्थीको सिट प्लान गर्ने ।

–परीक्षा केन्द्रमा हात धुनका लागि साबुन पानीे वा स्यानिटाइजरको व्यवस्था

गर्ने ।

–परीक्षा केन्द्रमा अनावश्यक भिडभाड हुन नदिने लगायतका विधि राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट