आजको मौसमः बागमती र गण्डकीमा सामान्य वर्षाको सम्भावना-Sutra News

आजको मौसमः बागमती र गण्डकीमा सामान्य वर्षाको सम्भावना

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

काठमाडौं- हाल बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



बुधबार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट