हेटौंडाबाटै स्मार्ट लाइसेन्स वितरण गर्ने प्रदेश सरकारको तयारी-Sutra News

हेटौंडाबाटै स्मार्ट लाइसेन्स वितरण गर्ने प्रदेश सरकारको तयारी

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

मकवानपुर– बागमती प्रदेश यातायात सेवा कार्यालयले आगामी मंसिरको पहिलो हप्ताभित्र हेटौंडाबाटै सवारी चालकको नयाँ अनुमति पत्र स्मार्टकार्ड वितरण गर्ने तयारी गरेको छ।



बागमती प्रदेशको राजधानी हेटौंडाबाटै नियमित स्मार्ट कार्ड वितरण हुने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले जानकारी दिए।

प्रदेश यातायात सेवा कार्यालयले साउनको पहिलो हप्तादेखि असोज २२ गते अपराह्नसम्ममा विभिन्न जिल्लाको गरी सवारी चालकको पुरानो र नयाँ गरी १२ हजार ५ सय ४५ वटा अनुमति पत्र स्मार्टकार्ड सेवाग्राहीलाई वितरण गरिएको कार्यालय प्रमुख भक्तबहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट