नेसन्स लिग: जर्मनी स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो-Sutra News

नेसन्स लिग: जर्मनी स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

एजेन्सी-नेसन्स लिग फुटबलमा जर्मनी स्विट्जरल्याण्डसंग बराबरीमा रोकिएको छ। मंगलबार राति जर्मनीले स्विट्जरल्याण्डसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।



टिमो वार्नर र काइ हाभर्ट्जले जर्मनीका लागि बराबरी भएको खेलमा गोल गरेका थिए। चेल्सीका दुवै खेलाडीले घरेलु टोलीलाई बराबरीमा ल्याउन गोल गरेका थिए। जर्मन क्लब बायर्न म्युनिखका सर्ज ग्याब्रीले जर्मनीका लागि एक गोल थपे।

खेलमा दुईपटक अग्रता लिए पनि अन्तिममा १० खेलाडीमा सीमित बनेको स्विट्जरल्याण्डले अंक बाँड्न बाध्य भयो। स्विट्जरल्याण्डका गभरानोविचले दुई तथा फ्रियूलरले एक गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।

तालिकाको पुछारमा रहेको स्विस टोलीको मात्र २ अंक छ। जर्मनी दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट