विश्वकप छनोटः अर्जेन्टिनाको लगातार दोस्रो जित-Sutra News

विश्वकप छनोटः अर्जेन्टिनाको लगातार दोस्रो जित

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

एजेन्सी- सन् २०२२ मा हुने फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ। मंगलबार राति भएको विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले बोलिभियामाथि २–१ को जित निकालेको हो।



बोलिभियाको मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेज र जाओक्वीन कोरेर्राले समान एक–एक गोल गरे। बोलिभियाका लागि मार्सेलो मार्टिन्स मोरेनोले एक गोल गरे।

खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो। खेलको २४औं मिनेटमा मोरेनोले गोल गर्दै बोलिभियालाई अग्रता दिलाए।४५ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए। ७९औं मिनेटमा मार्टिनेजकै पासमा कोरेर्राले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।

जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ। यसअघि उसले इक्वाडरमाथि १–० गोलको जित निकाल्दै ३ अंक जोडेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट