नेकपा, कांग्रेस लगायतका पार्टीबाट सयौं नेता-कार्यकर्ता जसपा प्रवेश-Sutra News

नेकपा, कांग्रेस लगायतका पार्टीबाट सयौं नेता-कार्यकर्ता जसपा प्रवेश

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) मा विभिन्न दल परित्याग गरि पार्टी प्रवेश गर्ने लहर चलेको छ। जसपाका शीर्षस्त डा.बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका नेताहरू पछिल्लो समय पार्टी प्रवेश गराउने कार्यक्रममा व्यस्त छन्।



गृहजिल्ला गोरखाका विभिन्न ठाउँमा आयोजित पार्टी प्रवेश गराउने कार्यक्रममा सहभागी भएर डा.भट्टराई दुई दिनदेखि मधेश झरेका छन्।

कोरोना भाइरस महामारीलाई चुनौती दिंदै डा.भट्टराई त्यस्ता कार्यक्रममा सहभागी भएका छन्। उनले केही दिनअघि गरेको ट्वीटमा पालुङटार नगरापलिका ६ पौवाटारमा नेकपा, नेपाली कांग्रेस र स्वतन्त्र गरी एक सय ८० जना जनता समाजवादी पार्टी प्रवेश गरेको उल्लेख छ।

जसपाप्रति आकर्षण देखिएको दाबी गर्दै डा.भट्टराईले सोमबार गरेको ट्वीटमा भनेका छन्, ‘पर्सा सखुवा पर्सौनी गाउँपालिका १ औराह, वडा नम्बर ५ महुमत र ठोरी गाउँपालिका सुवर्णपुरमा भएका छुट्टाछुट्टै कार्यक्रममा एक हजार पाँच सय बढी नेतारकार्यकर्ता नेपाली कांग्रेस र नेकपालगायत छाडेर जसपा प्रवेशसँगै जसपाप्रति आकर्षणको व्यापक लहर।’

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट