विश्वमा चार करोड मानिस कोरोना भाइरस संक्रमित-Sutra News

विश्वमा चार करोड मानिस कोरोना भाइरस संक्रमित

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

काठमाडौं- विश्वभर ३ करोड ८३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ लाख १३ हजार २८३ जना संक्रमित भएका छन्।



योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ४८ हजार १२५ पुगेको छ। संक्रमितमध्ये २ करोड ८८ लाख ४० हजारभन्दा बढी निको भएका छन्। पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ९७७ जना संक्रमण मुक्त भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ८ जनाको मृत्यु भएको छ। योसँगै बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ९० हजार २२५ पुगेको छ। सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८० लाख ९० हजार पुगेको छ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७२ लाख ३७ हजार नाघेको छ। यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख १४ हजार पुगेको छ। ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३३ हजार जनाको मृत्यु भएको छ। ६२ लाख ५५ हजार १९८ जना संक्रमित भएकोमा ३० लाख ६८ हजार ५७६ जना संक्रमणमुक्त भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट