१३ सय पुगे सुदूरपश्चिममा सक्रिय संक्रमित-Sutra News

१३ सय पुगे सुदूरपश्चिममा सक्रिय संक्रमित

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या झण्डै १३ सय पुगेको छ। मंगलबारसम्म प्रदेशमा ८ हजार २ सय पाँच जनामा संक्रमण पुष्टि भएको र ती मध्ये सक्रिय संक्रमित १२ सय ८२ रहेको छ।



प्रदेशमा मंगलबार ८१ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १२ सय ८२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी सक्रिय संक्रमित कैलालीमा ६ सय ७३ रहेका छन्।

यसैगरी डोटीमा १ सय ३५, बझाङमा १ सय २२, कंचनपुरमा १ सय १८, अछाममा ५५, बैतडीमा ५०, दार्चुलामा ८३ र बाजुरामा ६ जना सक्रिय संक्रमित रहेका छन्। ३ जना सक्रिय संक्रमित भने प्रदेश वाहिरका रहेको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ८ हजार चार सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी संक्रमितको संख्या ८ हजार चार सय ६८ पुगेको छ।

तर प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार भने प्रदेशमा संक्रमितको संख्या ८ हजार दुई सय ५ पुगेको छ। रासस

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट