क्वारेन्टाइनबाट भागेका सात जनालाई कोरोना पोजेटिभ-Sutra News

क्वारेन्टाइनबाट भागेका सात जनालाई कोरोना पोजेटिभ

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

डोटी- क्वारेन्टाइनबाट भागेका सात जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। गत सोमबार राति क्वारेन्टाइनबाट भागेर घर गएका जिल्लाको शिखर नगरपालिका वडानम्बर १ कपल्लेकीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।



भारतबाट आई क्वारेन्टाइनमा बसेका उनीहरुको शनिबार स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरिएका १६ जनामध्ये १२ जना संक्रमित भेटिएका हुन्।

स्थानीय केदारेश्वर माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट संकलित नमुना जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको थियो।

नतिजा पोजेटिभ आएपछि सातै जनालाई मंगलबार साँझ फेरि क्वारेन्टाइनमा राखिएको बताइएको छ। भागेका संक्रमितको घरका सदस्यलाई पनि बाहिर जान नदिने र ५ दिनपछि उनीहरुको स्वाब संकलन गर्ने निर्णय भएको छ।

शिखर नगरपालिकाका अनुसार क्वारेन्टाइनबाट घर गएकाहरुको पोजेटिभ रिपोर्ट आएको यो दोस्रो घटना हो। यसअघि वडा नम्बर ३ को आली अतुरालीमा पनि संक्रमित घर गएको तेस्रो दिन रिपोर्ट पोजेटिभ देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट