नेकपाकी प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको निधन-Sutra News

नेकपाकी प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको निधन

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवा पहाडीको निधन भएको छ। सांसद पहाडी २०३५–०३६ को विद्यार्थी आन्दोलनदेखि नै ताप्लेजुङको विद्यार्थी राजनीतिमा संलग्न थिइन्।



पार्टी एकता अघि तत्कालिन एमालेको तर्फबाट समानुपातिक उम्मेदवार रहेकी उनको मुटुमा समस्या देखिएपछि यसै हप्ता सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको थियो।

‘केही वर्षअघि उहाँको मृगौला प्रत्यारोपण गरिएको थियो, तर स्वास्थ्य राम्रै थियो’ नेकपाका युवा नेता शिवकुमार गुरुङले भने, ‘तीन–चार दिनअघि एक्कासी मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको रहेछ।’

अकस्मात देखिएको स्वास्थ्य समस्यापछि अस्पताल भर्ना गरिएपनि उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक हुँदै गयो। र, बुधबार विहान उनले स्वर्गारोहण नै हुन पुग्यो।

नेकपाको जनवर्गीय संगठन जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य रहेकी पहाडी विद्यार्थी कालदेखि नै सांस्कृतिक फाँटबाट राजनीतिमा संलग्न थिइन्। इलाममा बिहेबारी भएकाले गत निर्वाचनमा एमालेले त्यहीँबाटै प्रतिनिधित्व गर्ने गरी समानुपातिक उम्मेदवार बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट