अझै पुगेन हुम्लाका दुई गाउँपालिकामा सडक-Sutra News

अझै पुगेन हुम्लाका दुई गाउँपालिकामा सडक

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

हुम्ला- हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ। मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको छ।



हुम्लाका सात गाउँपालिकामध्ये पाँच पालिका गाडीले छोएका छन् भने सर्केगाड र चंलेखी गाउँपालिकामा पुग्न बाँकी छ। हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ।

मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको छ। हुम्लाका सात गाउँपालिकामध्ये पाँच पालिका गाडीले छोएका छन् भने सर्केगाड र चंलेखी गाउँपालिकामा पुग्न बाँकी छ।

कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भएलगत्तै अदानचुली–२, ३, र ४ मा गत वर्ष फागुनमा गाडी पुगेको थियो भने ताँजाकोट–४ र ५ मा आइतबार गाडी पुगेको हो। भौगोलिक रुपले विकट हुम्ला बिस्तारै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। बाजुरा हुँदै हुमलाको ताँजाकोट र अदानचुलीमा गाडी पुगेपछि यहाँका बासिन्दा खुसी भएका छन्।

कर्णाली करिडोरअन्तर्गत सडक निर्माण भएपछि पछिल्लो चरणमा यहाँका पालिका सडक सञ्जालले छुने क्रम बढ्दै छ। सर्केगाड र चंखेली गाउँपालिकामा सडक पुग्न बाँकी छ भने नाम्खा, सिमकोट, खार्पुनाथ,अदानचुली र ताँजाकोट गाउँपालिकामा गाडी पुगेका छन् । काठमाडौं, केरुङ, हिल्सा हुँदै नाम्खा भएर सदरमुकाम सिमकोट गत वर्ष खाद्यान्न लिएर ट्रक पुगेका थिए।

माथिल्लो क्षेत्रका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा एकदेखि अर्को पालिकासमम गाडी सञ्चालन हुँदै आएका छन्। ताँजाकोट– ४ पुईमा खोला हुँदै ताजाकोट– ४ र ५ मा गाडी पुगेपछि स्थानीय हर्षित भएका छन्। गाउँमा गाडी पुगेसँगै उद्घाटन कार्यक्रमसमेत गरिएको ताँजाकोट– ४ का प्रदीप बोगटीले बताए।

यसभन्दा पहिला पैदल हिँडेर बाजुरा जिल्लासम्म पुग्ने गरेका स्थानीय अब घरबाटै गाडी चढेर बाजुरा तथा अन्य जिल्ला आवतजावत गरिरहेका छन्। कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको ५० लाख बजेटमा सडक निर्माण गरिएको हो।रासस 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट