हुम्लामा विज्ञ टोली पठाउन नेता पौडेलको माग-Sutra News

हुम्लामा विज्ञ टोली पठाउन नेता पौडेलको माग

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चीनले मिचेको भनिएको हुम्लास्थित नेपाली भूमिको अध्ययनका लागि विज्ञ टोली पठाउन माग गरेका छन्।



सामाजिक सञ्जाल ट्वीटरमा बुधबार बिहान ट्वीट गर्दै पौडेलले स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिक्रिया दिएको भन्दै सरकारले जनतासमक्ष माफी माग्नु पर्ने समेत बताएका छन्।

प्रदेश सांसद जीवन शाही टोलीको माग अनुसार हुम्ला सीमामा तुरुन्तै विज्ञ टोली खटाई आफ्नो भूमि मिचिएको हो होइन यकिन गर्नु पर्ने उनको माग छ ।

कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका शाहीको नेतृत्वमा सीमा क्षेत्रको अनुगमनका लागि गएको टोलीले नेपाली भूभाग मिचिएको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरिसकेको हो।

पिलर नम्बर ५ देखि १२ नम्बरसम्म ११ दिन लगाएर गरेको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा चीनले नेपाली भूभाग मिचेको ठहर भएको शाहीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट