चीनबाट भएको सीमा अतिक्रमणलाई ढाकछोप गर्न खोज्‍नु राष्ट्रघात : कांग्रेस-Sutra News

चीनबाट भएको सीमा अतिक्रमणलाई ढाकछोप गर्न खोज्‍नु राष्ट्रघात : कांग्रेस

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी कांग्रेसले हुम्लामा चीनले सीमाना मिचेको प्रमाणमाथि सरकार मौन रहेको बताएको छ। बुधबार विज्ञप्ति जारी गर्दै कांग्रेसले चीनले हुम्लामा करिब दुई किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको कांग्रेसको दाबी छ।



दुई किलोमीटर भूमि अतिक्रमण हुंदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सीमा मिचिएको छैन’ परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले सीमा अतिक्रमणबारे तत्काल धारणा सार्वजनिक गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कूटनीतिक सम्बादमार्फत् हल खोज्ने प्रक्रिया अविलम्ब सुरु गर्न सरकारसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट