जस्केलाबाट सत्तामा छिरेर तुजुक नदेखाउन बाबुरामको चेतावनी-Sutra News

जस्केलाबाट सत्तामा छिरेर तुजुक नदेखाउन बाबुरामको चेतावनी

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले सत्ताको तुजुक नदेखाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुलाई चेतावनी दिएका छन्। केही दिनअघि उनले बूढीगण्डकी आयोजनाको नौ अर्ब रुपैयाँ प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले बाँडेर खाएको र त्यसको प्रमाण आफूसँग रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।



उनको सो भनाइको बुधबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले खण्डन गर्दै त्यसमा सत्यता नभएको स्पष्ट पारेका थिए। तर, भट्टराईले नेकपा प्रवक्ताको भनाइ नै असत्य रहेको आशय व्यक्त गर्दै बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यती,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्न आग्रह गरेका हुन्।

‘बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट