अफगानिस्तानमा तालिवानको आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु-Sutra News

अफगानिस्तानमा तालिवानको आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु

बिहिबार, २९ असोज २०७७

बिहिबार, २९ असोज २०७७

एजेन्सी-अफगानिस्तानका विद्रोही समूह तालिवानका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका छन्। आक्रमणबाट १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्। बाघलान प्रान्तको गोजारगाह (एनूर) जिल्लाको एक सुरक्षा जाँच चौकीमा तालिबानले आक्रमण गरेको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।



मन्त्रालयका अनुसार नजिकै रहेको प्रान्तीय प्रहरी मुख्यालय नजिक पनि भिडन्त भइरहेको छ। तालिबान तर्फ के कति क्षति भयो भन्ने खबर प्राप्त भइसकेको छैन। अफगान सेना र प्रहरीका लागि अमेरिकी सैनिकले समेत बन्दोबस्तीको प्रबन्ध गरिरहेको अफगानिस्तानस्थित अमेरिकी सैनिक कमान्डले जनाएको छ।

उक्त हमलाका बारेमा थप विवरण आउन बाँकी छ। अफगान सरकार र तालिवानबीच कतारको दोहामा प्रत्यक्ष वार्ता जारी रहे पनि अफगानिस्तानभित्र हिंसात्मक झडपहरु भइरहेका छन्। तालिवान र अमेरिकाबीच शान्ति स्थापनार्थ एक सम्झौतामा हस्ताक्षर भए पनि दिगो शान्ति स्थापनामा अझै जटिलताहरु रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट