जसपा कार्यकारिणीसभा बैठक कात्तिक पहिलो साता, एकता र कार्यविभाजनका विषयमा छलफल हुने-Sutra News

जसपा कार्यकारिणीसभा बैठक कात्तिक पहिलो साता, एकता र कार्यविभाजनका विषयमा छलफल हुने

बिहिबार, २९ असोज २०७७

बिहिबार, २९ असोज २०७७

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी सभाको बैठक डाकेको छ। कार्यविभाजन र पार्टी समायोजनको काम टुंग्याउने विषयमा आगामी कात्तिक ३/४ गते कार्यकारिणी सभाको बैठक बस्न लागेको हो।



कात्तिक ३ र ४ गते बस्ने बैठकले कार्यविभाजन र समायोजनको काम सिध्याउने तयारी रहेको जसपा कार्यकारिणीसभा सदस्य केशव झाले सूत्रन्युजलाई जानकारी दिए। पटक-पटक बैठक बस्दै सहमति नहुँदा निर्णय हुन नसकेकाले आगामी बैठकमा भने नेताहरूबीच सहमति जुट्ने बताइएको छ।

सत्तारुढ नेकपाले प्रयोग गर्दै आएको तुलसीलाल अमात्य प्रतिष्ठानमा कात्तिक ३, ४ गते बस्ने कार्यकारिणी सभाको बैठकमा छलफल गर्ने एजेण्डाहरु तय भइसकेको झाले जानकारी दिए।

‘बैठकका लागि विभिन्‍न एजेण्डाहरु भइसकेका छन्,’ बिहीबार बिहान सूत्रन्युजसँग कुरा गर्दै झाले भने, ‘पार्टीको विधान संशोधन, केन्द्रीय समिति र संघीय परिषद्को विस्तार गर्ने, समिति तथा संघीय परिषदको कार्य विभाजनसँगै तथा समायोजनका विषयमा छलफल हुनेछन्।’

तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी (जसपा) बनेको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट