नौ अर्ब भ्रष्टाचारको आरोप ‘छोटे राजाहरू’ को नाटकः डा.लोहनी-Sutra News

नौ अर्ब भ्रष्टाचारको आरोप ‘छोटे राजाहरू’ को नाटकः डा.लोहनी

बिहिबार, २९ असोज २०७७

बिहिबार, २९ असोज २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले डा.बाबुराम भट्टराईको दाबीप्रति टिप्पणी गरेका छन्। पूर्वमन्त्री समेत रहेका लोहनीले डा.भट्टराईले नेपालका ठूला नेताहरुलाई भ्रष्टाचारको आरोप लगाउनु गम्भीर कुरा रहेको बताएका छन्।



उनले यसको उपचारका लागि मानहानीको मुद्दा अदालतमा हाल्ने आट देखाउन जरुरी रहेको उल्लेख गरेका छन्। डा.बाबुरामले नेपालका ठूला नेताहरुलाई भ्रष्टाचारको आरोप लगाएका छन्,’ लोहनीले विहिबार फेसबुकमा लेखेका छन्,‘अब यसको उपचारका लागि मुद्दा हाल्ने आट देखाउन जरुरी छ।’

आरोप लगाउनेले प्रमाणपनि देखाउनुपर्ने उनको भनाइ छ। ‘आरोप लगाउनेले आफ्नो प्रमाण नदेखाउने र आरोपितहरुले अदालत जाने आट नगर्ने हो भने यो सबै मिलिभगत ‘छोटे राजाहरुको’ जनतालाई मुर्ख बनाउने नाटकभन्दा अरु केही नहुने देखिन्छ,’ लोहनीले भनेका छन्।

बुढीगण्डकी जलविद्युत परियोजनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल (प्रचण्ड) ले ९ अर्ब भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट