नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ-Sutra News

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

बिहिबार, २९ असोज २०७७

बिहिबार, २९ असोज २०७७

काठमाडौं– नवनियुक्त तीन जना मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।



शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री नियुक्त विष्णु पौडेल, शहरी विकासमा नियुक्त कृष्ण गोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्त लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार रिक्त तीन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरिएको थियो भने केहीको जिम्मेवारी हेरफेर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट