ट्रम्पका छोरा ब्यारोनलाई पनि कोरोना पुष्टि-Sutra News

ट्रम्पका छोरा ब्यारोनलाई पनि कोरोना पुष्टि

बिहिबार, २९ असोज २०७७

बिहिबार, २९ असोज २०७७

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको बताएकी छिन्।



राष्ट्रपति डोनाल्ड ट्रम्प सहित आफू र छोरा ब्यारोनलाई कोभिड–१९ को संक्रमण देखिएको उनले बताइन्। राष्ट्रपति ट्रम्पका छोरा ब्यारोन आफ्ना पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन्। तर उनलाई कुनै लक्षण भने देखिएको थिएन।

प्रथम महिला मेलानीयाले भनेकी छिन्, ‘परिवारका हामी तीनै जनालाई एकै पटक कोभिड–१९ देखियो, र यसबाट हामीले एक अर्कालाई ध्यान दिन सक्ने अवस्था सिर्जना भयो। राष्ट्रपति ट्रम्प भने निको भइसक्नु भएको छ।’

ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले संवाददाताहरुलाई छोरा ब्यारोनको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिइन्।
प्रथम महिला मेलानीयाले आफ्नो पछिल्लो स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट