Logo

आइतवार, मंसिर १४ गते २०७७

  • TRENDING NOW :

ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

सूत्र न्यूज

२९ आश्विन २०७७
  • 1.2K
    SHARES
  • ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार
    सांकेतिक तस्बिर ।

    काठमाडौं– ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ। बिहीबार दिउँसो पौने दुई बजे मध्यबानेश्वर बैंक शाखाका गार्डमाथि एक अपरिचित व्यक्तिले खुकुरीले प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ।

    सुरक्षा गार्ड रूद्र बहादुर घाइते भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। हातमा चोट लागेको उनको उनको के एमसी अस्पतालमा उपचार भइरहेको राठौरको भनाइ छ।

    राठौरका अनुसार सेवाग्राहीहरू लाइन बस्ने क्रममा विवाद हुँदा ती व्यक्तिले गार्डको खुकुरी निकालेर प्रहार गरेका थिए। ती मान्छेको पहिचान भइसकेको छ। उनको खोजी भइरहेको छ।


    प्रकाशित :आश्विन २९, २०७७ बिहिवार - १५:१९:२४

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.