नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण, १९ को मृत्यु-Sutra News

नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

बिहिबार, २९ असोज २०७७

बिहिबार, २९ असोज २०७७

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख २१ हजार ७ सय ४५ र पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ६४ जना कोरोनामुक्त भएका छन्। हालसम्म ८४ हजार ५ सय १८ जना कोरोनामुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ६ सय ९४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट