सर्वोच्चको आदेश– कोरोना संक्रमितलाई पनि लोकसेवाको परीक्षामा सहभागी गराउनू-Sutra News

सर्वोच्चको आदेश– कोरोना संक्रमितलाई पनि लोकसेवाको परीक्षामा सहभागी गराउनू

बिहिबार, २९ असोज २०७७

बिहिबार, २९ असोज २०७७

काठमाडौं– सर्वोच्च अदालतले अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन आदेश दिएको छ ।



बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोरोना संक्रमितहरुलाई परीक्षामा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई अन्तरमि आदेश दिएको हो।

कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो।

आयोगले १२ असोजमा जारी गरेको ‘संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७’ मा संक्रमितलाई परीक्षामा सहभागि नगराउने उल्लेख छ।

जसमा, एकसय जना परीक्षार्थीकोलागि एक परीक्षा केन्द्र कायम गर्ने ।

–एउटा परीक्षा हलः कोठामा बढीमा पच्चिस जना परीक्षार्थी रहने गरी व्यवस्थापन गरिने ।

–परीक्षार्थीहरुलाई अनिवार्यरूपमा मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न

भौतिक दूरी कायम गर्न लगाउने ।

–एउटा बेन्चमा एक जना मात्र परीक्षार्थी राख्ने । एक परीक्षार्थी र अर्को

परीक्षार्थीका बीच दुई मिटर दूरी रहनेगरी परीक्षार्थीको सिट प्लान गर्ने ।

–परीक्षा केन्द्रमा हात धुनका लागि साबुन पानीे वा स्यानिटाइजरको व्यवस्था

गर्ने ।

–परीक्षा केन्द्रमा अनावश्यक भिडभाड हुन नदिने जस्ता व्यवस्था पनि राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट