तीन नयाँ मन्त्री, तीनथरी बाचा-Sutra News

तीन नयाँ मन्त्री, तीनथरी बाचा

बिहिबार, २९ असोज २०७७

बिहिबार, २९ असोज २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।



राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ रहेका छन्। उनीहरुलाई प्रधानमन्त्रीको सिफारिशमा बुधबार मन्त्रीमा नियुक्त गरिएको थियो।

थरीथरीका बाचा
अर्थ मन्त्रालय सम्हालेका पौडेलले आफूले डुबरे काम गर्ने र मन्त्रालयलाई आर्थिक संकटबाट जोगाउने बताए।

अर्थ मन्त्रालय प्रवेशपछि दुई सचिवसहित सहसचिवस्तरका कर्मचारी, राष्ट्र बैंकका गभर्नर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, बीमा समितिका अध्यक्ष र तीनजना विभागीय प्रमुखलाई उनले सम्बोधन गरे। करिब ३० मिनेट लामो सम्बोधन गरेका पौडेलले २५ मिनेट अर्थतन्त्रका वर्तमान परिस्थिति, अर्थ मन्त्रालयको भूमिका, कोरोनाको प्रभावलगायतका विषयमा बोले।

नवनियुक्त अर्थमन्त्री पौडेलले आफू अर्थ मन्त्रालयमा डुबेर अर्थतन्त्रलाई उकास्ने गरी नयाँ जिम्मेवारीका साथ सिंहदरबार प्रवेश गरेको बताए ।

‘अर्थ मन्त्रालयभित्र डुब्ने र अर्थतन्त्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिदृश्यबाट सिर्जित चुनौतीलाई पार लगाउने गरी म यहाँ आएको छु,’ उनले भने, ‘मैले मन साट्ने भाषामा के राख्न चाहन्छु भने, मेरा कामका सीमा छन्। म लाग्छु त्यहीँ डुब्छु। त्योभन्दा बाहिर पनि संसार छ। त्यहाँ पनि ध्यान दिनुपर्छ भन्नेमा म अलि कम हेक्का राख्छु।’

3 minister.jpgत्यस्तै नवनियुक्त शहरी विकासमन्त्री श्रेष्ठले सांस्कृतिक सभ्यता जोगाउँदै विकासको काम अघि बढाइने बताएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले यसअघि मन्त्रालयको जिम्मेवारी सम्हालेका वसन्तकुमार नेम्वाङले शुरु गरेको सकारात्मक कामलाई निरन्तरता दिँदै आफ्ना कार्यक्रम अघि ल्याइने जानकारी दिए ।

त्यस्तै म्हिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रेष्ठले पनि योजनावद्ध रुपमा काम गर्न आफू मन्त्रालयमा आएको बताए। उनले मन्त्रालयका काम चुनौतीपूर्ण भए पनि योजना बनाएर गर्दा सहज हुने बताए।

‘एकदमै चुनौतीपूर्ण कामहरु छ यो मन्त्रालयको,’ उनले भने, ‘सामाजिक मन्त्रालयसँग जोडिएको मन्त्रालय हो । एउटा लक्ष्यमा जान कार्ययोजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यक छ । योजना भएपछि बजेट आउँछ । ठोस योजना चाहिन्छ ।’

बजेटका लागि सरकारसँग मात्रै भर परेर नहुने भन्दै उनले दाताहरुसँग पनि मिलेर काम गर्ने बताए। ‘यसका लागि नेपाल सरकारको मात्रै भर परेर हुँदैन्, अन्तर्राष्ट्रिय दाताहरुको सहयोग चाहिन्छ,’ उनले भने, ‘काम गर्न आएको हो । योजनावद्ध रुपमा काम गर्छु । बजेटको कमी हुँदैन । योजना भए दाता धेरै छन्।’

रक्षा मन्त्रालयको जिम्मेवारी परिवर्तन गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले पाएको जिम्मेवारी नेपालमै नयाँ अभ्यास भएको बताएका छन्।
RoS_Ktm.jpg

‘मेरो तहको व्यक्तिलाई यस्तो जिम्मेवारी दिइएको मलाई थाहा छैन,’ प्रधानमन्त्रीको कार्यालयमा पदभार ग्रहणपछि राखिएको स्वागत कार्यक्रममा मन्त्री पोखरेलले भने, ‘संभवतः यो नेपालको मन्त्रिपरिषद्मा नौलो अभ्यास हो ।’ औपचारिकता निर्वाह गर्नु मात्रै नभएर संरचनामै परिवर्तन ल्याउन आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आएको उनले बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री पार्वत गुरुङले प्राप्त जिम्मेवारी पूरा गर्न मन्त्रालयका विभाग र मन्त्रालय सम्बद्ध निकायका प्रमुखहरूसंँग सकारात्मक सोचका साथ सहकार्य गर्न आफू उत्सुक रहेको बताए ।

स्वागत कार्यक्रममा मन्त्री गुरुङले भने, ‘तर सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा यो मन्त्रीलाई केही थाहा छैन भनेर गलत सूचना तथा सल्लाह दिई दिग्भ्रमित पार्न खोज्ने कसैलाई पनि क्षमा गर्न सकिन्न ।’
_RoS_KtM_MinigsterGurungac.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट