काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ।
सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन्।
कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको र अहिले स्वास्थ्यावस्था सामान्य रहेको अध्यक्ष थापाले उल्लेख गरेका छन्।
उनी अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा रहेको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए। केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले अनुरोधसमेत गरेका छन्।
कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड-१९ पिसिआर परिक्षण गर्दा मेरो रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ।अवस्था सामान्य छ। केही दिन यता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।
— Kamal Thapa (@KTnepal) October 15, 2020