यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकीलाई-Sutra News

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकीलाई

बिहिबार, २९ असोज २०७७

बिहिबार, २९ असोज २०७७

काठमाडौं–यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना अमेरिकी नागरिकलाई प्रदान गरिएको छ।



अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनलाई प्रदान गरिने ‘द स्विडिस एकेडेमी अफ साइन्स’ले सोमबार घोषणा गरेको हो। लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेको भन्दै उनीहरूलाई यो पुरस्कार प्रदान गरिएको हो ।

स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्तरुपमा पुरस्कार प्रदान गरिएको हो। उनीहरुका खोजका कारण बिक्रेता, खरिदकर्ता र करदाताहरु सबै लाभान्वित भएको नोबेल कमिटीले बताएको छ।

कुनै समय मिलग्रोमको विद्यावारिधि शोधका सल्लाहकार समेत रहेका ८३ वर्षीय प्राध्यापक विल्सन मिलग्रोमका छिमेकी पनि हुन्।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट