नयाँ मन्त्रीसहित बसेको मन्त्रिपरिषद बैठकले गर्यो सचिवहरुको व्यापक सरुवा-Sutra News

नयाँ मन्त्रीसहित बसेको मन्त्रिपरिषद बैठकले गर्यो सचिवहरुको व्यापक सरुवा

बिहिबार, २९ असोज २०७७

बिहिबार, २९ असोज २०७७

काठमाडौं–नवनियुक्त तीन मन्त्रीसहित बिहीबार बसेको मन्त्रिप्रिषद बैठकले सचिवहरुको सरुवा गरेको छ।



मन्त्रिपरिषद पुनर्गठन गरिएको भोलिपल्ट बसेको बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको हो।

शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ रहेका छन्।

कसको सरुवा कहाँ ?
प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ।

त्यस्तै सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ। प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सुरुवा गरिएको छ। खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा भएका छन्।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट