कोरोनाका भ्रम छर्ने भिडियो युट्युबले हटाउँदै-Sutra News

कोरोनाका भ्रम छर्ने भिडियो युट्युबले हटाउँदै

शुक्रबार, ३० असोज २०७७

शुक्रबार, ३० असोज २०७७

एजेन्सी- युट्युबले कोरोना भाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफैं हटाइदिने भएको छ। युट्युबमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर समाजमा नकारात्मक असर परेको भन्दै आलोचना भएपछि युट्युबले त्यस्ता भिडियो हटाउने घोषणा गरेको हो।



विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि कतिपय व्यक्तिहरुले कोरोनाविरुद्धको औषधि वा खोप पत्ता लागेको भन्दै युट्युबमा हालेको भिडियो बढी विवादमा परेको थियो।

युट्युबका प्रवक्ता फर्शाद शाड्लुद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘कोरोना भाइरसका विरुद्धमा प्रयोग हुने औषधि वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरु युट्युबमा प्रयोग भएको र त्यसका बारेमा उजुरीहरु समेत आएकाले त्यस्ता भिडियोहरु हटाउने निर्णय गरिएको हो।’

स्वास्थ्य जस्तो संवेदनशील विषयमा भ्रम छर्ने भिडियोहरुले मानव जीवनमाथी नै खतरा उत्पन्न गर्न सक्ने भएकाले त्यस्ता भिडियो हटाउन बाध्य भएको उनको भनाइ छ।

गलत तथा भ्रामक भिडियोहरु नै बढी हेरिएकाले पनि त्यस्ता भिडियोहरु सामाजिक तथा मानवहितका लागि हानीकारक भएको युट्युवको ठम्याई छ।

कस्ता कस्तो भिडियो हटाउने भन्ने बारेमा निर्देशिका नै बनाइएको र आवश्यक गृहकार्यहरु पनि गरिएको युट्युबका प्रवक्ता शाड्लुले उल्लेख गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट