Logo

मंगलवार, कार्तिक ४ गते २०७७

आइपिएल: क्रिस गेलको उत्कृष्ट प्रदर्शनमा पन्जाबको दोस्रो जित

आइपिएल: क्रिस गेलको उत्कृष्ट प्रदर्शनमा पन्जाबको दोस्रो जित

सूत्र न्यूज

३० आश्विन २०७७
  • 105
    SHARES
  • आइपिएल:  क्रिस गेलको उत्कृष्ट प्रदर्शनमा पन्जाबको दोस्रो जित

    एजेन्सी- क्रिस गेल र कप्तान केएल राहुलको उत्कृष्ट प्रदर्शनमा किङ्स इलाभेन पन्जाबले आइपिएलमा दोस्रो जित हात पारेको छ। यूएईमा जारी प्रतियोगितामा पन्जाबले बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

    सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो।पन्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले। राहुलले ४९ बलमा अविजित रहदै ६१ रन बनाए।

    गेलले ४५ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले। यस सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका गेलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन्। यस्तै मायांक अग्रवालले ४५ रनको योगदान दिए। निकोलस पुरन ६ रनमा अविजित रहे। बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे। यस्तै शिबम डुबेले २३ रन जोड्दा आरोन फिन्चले २० रन बनाए।

    देभदुत पडीक्कल १८ रनमा आउट हुँदा वासिंगटन सुन्दर १३ रनमा आउट भए। क्रिस मोरीस २५ रनमा अविजित रहदा इसुरु उडाना १० रनमा अविजित रहे। पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २/२ विकेट लिए। यस्तै अश्रदिप सिंह र क्रिस जोर्डनले १/१ विकेट लिए।

    जितसँगै पन्जाबले ८ खेलमा ४ अंक जोडेको छ। पन्जाब पुछारमा रहेको छ। पन्जाबले यस सिजन लगातार दोस्रो खेलमा बैंगलोरलाई हराएको हो। यसअघिको पहिलो भेटमा पनि पन्जाबले बैंगलोरलाई ९७ रनले हराएको थियो। बैंगलोरको यो तेस्रो हार हो। बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ र ऊ तेस्रो स्थानमा यथावत छ।


    प्रकाशित :आश्विन ३०, २०७७ शुक्रवार - ०६:१६:५९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.