विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख बढी-Sutra News

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख बढी

शुक्रबार, ३० असोज २०७७

शुक्रबार, ३० असोज २०७७

काठमाडौं- विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको छ।



यस्तै विश्वभरका ३ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ लाख हाराहारी मानिस संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ५० हजार ७५० पुगेको छ।

संक्रमितमध्ये २ करोड ९३ लाख ६२ हजारभन्दा बढी निको भएका छन्। पछिल्लो २४ घण्टामा २ लाख ४१ हजारभन्दा बढी संक्रमण मुक्त भएका छन्। सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८२ लाख नाघेको छ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७३ लाख ६५ हजार नाघेको छ। यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ७० हजार पुगेको छ। ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३५ हजार जनाको मृत्यु भएको छ। ६५ लाख ७२ हजार ४५२ जना संक्रमित भएकोमा ३१ लाख २२ हजार ५०३ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट