काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ। बिहीबार थापाले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन्।
कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा बुधवार सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको उनले उल्लेख गरेका छन्।