नेपाल प्रहरीमा जागिर खुल्यो-Sutra News

नेपाल प्रहरीमा जागिर खुल्यो

शुक्रबार, ३० असोज २०७७

शुक्रबार, ३० असोज २०७७

काठमाडौं– प्रहरी प्रधान कार्यालयले पाँच हजार बढी नयाँ प्रहरी भर्ना गर्न लागेको छ । प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो ।



जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ । समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ। महिलातर्फ चार सय ४१ जना मागेको छ ।

कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले आज गोरखापत्रमा प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ । दरखास्त फारमको एक सय ५० दस्तुर लाग्नेछ । कक्षा आठ वा सो सरह पास गरेकोले फारम भर्न पाउँछन् । उचाइ पुरूषका हकमा घटीमा पनि पाँच फिट दुई इन्च र तौत ५० केजी हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट