बढ्यो सुनको भाउ-Sutra News

बढ्यो सुनको भाउ

शुक्रबार, ३० असोज २०७७

शुक्रबार, ३० असोज २०७७

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ। बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेर ९४ हजार नौं सय कायम भएको छ।



बिहीबार यसको भाउ प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ रहेको थियो। यस्तै तेजावी सुनेको भाउ पनि प्रतितोला चार सयले नै बढेर प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार यसको भाउ प्रतितोला ९४ हजार रुपैयाँ थियो। यता चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी शुक्रबार एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट