Logo

मंगलवार, कार्तिक ४ गते २०७७

गण्डकीमा एक हजार ८२१ सक्रिय संक्रमित

गण्डकीमा एक हजार ८२१ सक्रिय संक्रमित

सूत्र न्यूज

३० आश्विन २०७७
  • 110
    SHARES
  • गण्डकीमा एक हजार ८२१ सक्रिय संक्रमित

    गण्डकी– गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार ८२१ पुगेको छ ।

    प्रदेशमा कूल संक्रमितको संख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

    प्रदेशमा हालसम्म ७९ हजार ३०२ जनाको कोरोना परीक्षण गरिएको थियो । संक्रमितमध्ये तीन हजार ४८८ जना निको भएका छन् । प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।


    प्रकाशित :आश्विन ३०, २०७७ शुक्रवार - १२:२१:२७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.