प्रहरीले कानुनी राज्यको उपहास गर्‍यो: शेखर कोइराला-Sutra News

प्रहरीले कानुनी राज्यको उपहास गर्‍यो: शेखर कोइराला

शुक्रबार, ३० असोज २०७७

शुक्रबार, ३० असोज २०७७

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सर्लाहीमा प्रहरीले देखाएको व्यवहारप्रति कानुनी राज्यको उपहास भएको बताएका छन् । पीडित परिवारलाई न्याय दिलाउन शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको दमनबाट कानुनी राज्यको उपहास भएको कोइरालाले बताएका छन् ।



जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन जाने क्रममा संघीय र प्रदेशका जनप्रतिनिधिसमेत रहेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको व्यवहारले प्रदेश २ र सिंगो मुलुकमा कानुनी राज्य छ कि छैन भन्ने गहन प्रश्नसमेत उब्जिएको उनले बताएका छन् ।

असोज २२ गते जिल्लाको रामनगर गाउँपालिका–७ सिसौट बस्ने महेन्द्र रामको हत्याबारे छानबिन गरी दोषी पत्ता लगाउन माग गर्दै मृतकका परिवारसहित जिल्ल्ला प्रहरी कार्यालय जाने क्रममा दुई दिनअघि प्रहरीले लाठी चार्जर अश्रुग्यास प्रहार गरेको थियो ।

नेता कोइरालाले शुक्रबार विज्ञप्ति निकालेर ‘मृतकको शव बिनाकारण आठ दिनसम्म प्रहरी प्रशासनले वीरगंजस्थित नारायणी अस्पतालमा राख्ने, मृतक परिवारले दिएको जाहेरी दर्ता नगर्ने र पीडितलाई न्याय दिलाउन जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अगाडी बढाउन आग्रह गर्न आयोजना गरिएको शान्तिपूर्ण र्‍यार्लीसहित पुगेका संघीय र प्रदेशका प्रतिनिधिमाथि लाठी चार्ज र अश्रूग्यास प्रहरीले आमनागरिकलाई कसरी न्याय देला भन्ने प्रश्न उब्जिएको’ बताएका छन्।

सर्लाही जिल्ला प्रहरी कार्यालयमा बुधबार संघीय संसदका सदस्यद्वय नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापतिसमेत रहेका नागेन्द्रकुमार राय, डा.अमरेशकुमार सिंह तथा प्रदेशसभा सांसद उपेन्द्र कुश्वाहा र वीरेन्द्रप्रसाद सिंहलगायत सयौंलाई प्रहरीले गरेको दुव्र्यवहारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको कोइरालाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट