नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण, एकैदिन ३५२२ जना संक्रमित निको भए-Sutra News

नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण, एकैदिन ३५२२ जना संक्रमित निको भए

शुक्रबार, ३० असोज २०७७

शुक्रबार, ३० असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख २६ हजार १३७ हजार पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार थप ३ हजार ५२२ जना कोरोनामुक्त भएका छन्। हालसम्म ८८ हजार ४० जना कोरोनामुक्त भएका छन्।

शुक्रबार थप २१ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ७ सय १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट