Logo

आइतवार, कार्तिक ९ गते २०७७

शिक्षकको टाउको काटेर हत्या

शिक्षकको टाउको काटेर हत्या

सूत्र न्यूज

१ कार्तिक २०७७
  • 275
    SHARES
  • शिक्षकको टाउको काटेर हत्या

    काठमाडौं- फ्रान्सको राजधानी पेरिसमा आक्रमणकारीले एक शिक्षकको टाउको काटेर हत्या गरेका छन् । प्रहरीका अनुसार ती शिक्षकले आफ्ना विद्यार्थीलाई ‘चार्ली हेब्डो’ पत्रिकाले छापेको पैगम्बर मोहम्मदको कार्टुन देखाएका थिए ।

    प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शिक्षकमाथि चक्कुले आक्रमण गरेपछि टाउको काटिदिएको थियो । त्यसपछि भागेपछि मानिसहरूले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले आक्रमणकारीलाई गोली हानी मारेको छ। आक्रमणकारीको नाम भने सार्वजनिक गरिएको छैन । आक्रमण स्थानीय समयअनुसार शुक्रबार साँझ ५ बजे भएको थियो ।

    फ्रेन्च अखबार ‘ले मोन्दे’ का अनुसार इतिहास र भूगोलका ती शिक्षकले कक्षामा अभिव्यक्ति स्वतन्त्रताका बारेमा पढाउने क्रममा चार्ली हेब्डो पत्रिकाको कार्टुन देखाएका थिए । त्यसपछि यसै महिनाको सुरुवातमा केही मुसलमान अभिभावकले शिक्षकका बारेमा उजुरी गरेका थिए ।

    फ्रान्सका शिक्षामन्त्री ज्याँ माइकल ब्लेंकरले ट्वीट गर्दै शिक्षकमाथिको आक्रमण फ्रान्समाथिको आक्रमण भएको बताएका छन् । उनले एकता र दृढतासँग मात्र इस्लामिक आतंकवादसँग लड्न सकिने बताएका छन् । राष्ट्रपति इम्यानुअल म्याक्रोंले घटनास्थलको भ्रमण गरेका छन् । फ्रान्सको संसदले पनि मृत शिक्षकप्रति श्रद्धान्जली व्यक्त गर्दै यो घटनालाई ‘आतंकवादी आक्रमण’ भनेको छ । एजेन्सी


    प्रकाशित :कार्तिक १, २०७७ शनिवार - ०७:१०:३९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.